भाषा मानव सभ्यता, चिन्तन र सांस्कृतिक पहिचानको सबैभन्दा जीवन्त अभिलेख हो । आधुनिक मानक नेपाली भाषाको उद्गम विन्दु मानिने कर्णाली प्रदेशको ऐतिहासिक खश भाषा हाल आएर आफ्नै जन्मभूमिमा लोपोन्मुख अवस्थामा पुगेको छ । यसै भाषिक सङ्कटलाई सम्बोधन गर्दै कर्णाली प्रदेश सरकारको सहयोगमा रमानन्द आचार्यको प्रधान सम्पादनमा प्रकाशित ‘खसिया आखर’ (२०७८) शब्दकोशले खश भाषाका करिब ४०,००० भन्दा बढी शब्दहरूलाई दस्तावेजीकरण गरेको छ । यस अनुसन्धानको मूल ध्येय उक्त शब्दकोशमा प्रयुक्त शब्दहरूको व्युत्पत्तिगत स्रोत र प्रकृतिको कोशवैज्ञानिक अध्ययन गर्नु हो । शब्दकोशको विशाल शब्दभण्डारमध्येबाट देवनागरी वर्णानुक्रमको प्रतिनिधित्व हुने गरी स्तरीकृत यादृच्छिक नमुना छनोट विधिमार्फत १,००० प्रविष्टिहरूलाई प्राथमिक तथ्याङ्कका रूपमा सङ्कलन गरिएको छ । मिश्रित अनुसन्धान ढाँचामा आधारित यस अध्ययनले शब्दस्रोतलाई तत्सम, तद्भव, देशज (मौलिक खस) र आगन्तुक गरी चार प्रमुख सैद्धान्तिक कोटिमा वर्गीकरण गर्दै तिनको परिमाणात्मक तथा गुणात्मक विश्लेषण गरेको छ । अध्ययनको परिमाणात्मक प्राप्तिअनुसार यस शब्दकोशमा सर्वाधिक ५२.५...