Abstract
यस लेखको मुख्य उद्देश्य भनेको कुण्डलिनी शक्ति, जागरण विधि र यसको शरीरमा पर्ने प्रभावहरूलाई विस्तृत रुपमा विश्लेषण गर्नु हो । योग र आयुर्वेद परम्परामा कुण्डलिनी शक्तिलाई महत्वपूर्ण मानिएको छ, जसले आत्मिक उन्नति र शारीरिक स्वास्थ्यमा अभिवृद्धि गर्न मद्दत गर्दछ। यस अध्ययनले विभिन्न धार्मिक ग्रंथहरू, योग शिक्षण प्रणालीहरू र अनुसन्धानात्मक स्रोतहरूलाई अध्ययन र विश्लेषण गरेर यसबाट प्राप्त जानकारीलाई संकलन गरेको छ । यसको माध्यमबाट, कुण्डलिनी जागरणका विविध विधि, ती विधिहरूले शरीरमा पुर्याउने प्रभाव, र त्यसको व्यवस्थापन सम्बन्धि विस्तृत विवरण प्रस्तुत गरिएको छ। मुख्य रूपमा, लेखले देखाएको छ कि कुण्डलिनी शक्ति जागरणले शारीरिक र मानसिक स्तरमा धेरै सकारात्मक प्रभाव पार्छ, जस्तै ऊर्जा प्रवाह, चित्तको सन्तुलन, र ध्यान शक्तिमा वृद्धि। यो लेख अनुसार यसप्रकारको अभ्यासलाई सुरक्षित र प्रभावकारी तरिकाले गर्न आवश्यक छ र विशेषज्ञको मार्गदर्शन अनिवार्य हुन्छ। यस अध्ययनले स्पष्ट रूपमा देखाएको छ कि उचित विधि र व्यवस्थापनका माध्यमबाट कुण्डलिनी शक्ति जागरणले जीवनमा समग्र उन्नति/परिवर्तन ल्याउन सक्छ ।...