सोमनाथ सिग्द्यालद्वारा रचित आदर्श राघव पूर्वीय काव्यशास्त्रको मान्यतामा आधारित भई रचना गरिएको नेपाली साहित्यको एक अनुपम कृति हो । छन्द प्रयोगका दृष्टिले यो महाकाव्य उत्कृष्ट रहेको छ । यहाँ विभिन्न छन्दहरूको प्रयोग भए तापनि प्रचुर मात्रामा वार्णिक छन्दको चयन भएको छ । ती मध्ये यस लेखमा वार्णिक छन्दहरूको पहिचान गरी तिनको परिचय दिने काम गरिएको छ । महाकाव्यको मूल स्रोत पौराणिक भएकाले सोही अनुरूपको प्राचीनकालिन सामाजिक चालचलन र आदर्शलाई मुख्य विषय बनाइएको छ । शिल्पवादी चेतना र व्युत्पति तŒवका प्रबल पक्ष नै यसको मूल प्राप्ति हो । आदर्श र न्याययुक्त समाजको निर्माण, सत्य र धर्मको स्थापना तथा मानव जीवनलाई नैतिक र आध्यात्मिक कोणबाट समुन्नत बनाउनु पर्छ भन्ने चिन्तनमा नै महाकाव्य केन्द्रित बनेको छ । प्राचीन आर्य संस्कृति र साँस्कृतिक जागरणको स्वर गुञ्जायमान भएको यस महाकाव्यमा रामको शूरता, वीरता, नैतिकता, आध्यात्मिकता, पितृभक्ति, भातृत्वपन तथा आदर्शलाई मार्मिक ढङ्गले चित्रण गरिएको छ । यहाँ रामलाई मिथकका रूपमा मात्र होइन सक्रिय आदर्श व्यक्तित्वका साथै मानवताको मुक्तिदाता र सत्यको प्रतीकको रूपमा...