प्रस्तुत लेख चीत्कार कथामा चित्रित वादी समुदायका महिलाहरूको सीमान्तीय अवस्थाको विश्लेषणमा केन्द्रित छ । सामाजिक यथार्थवादी तथा प्रगतिवादी कथाकार धु्रव सापकोटाद्वारा रचित यस कथाले आर्थिक अभाव, सामाजिक विभेद, सांस्कृतिक परम्परा तथा राज्यको उपेक्षाका कारण वादी समुदायका महिलाहरूले भोग्नुपरेका बहुआयामिक समस्यालाई उजागर गर्दछ । अध्ययनको सैद्धान्तिक आधारका रूपमा उत्तरआधुनिक साहित्यमा विकसित सीमान्तीयता अवधारणालाई अवलम्बन गरिएको छ, जसले राज्यशक्ति, स्रोत, अवसर र प्रतिनिधित्वबाट वञ्चित समुदायको जीवन, पहिचान र संघर्षलाई केन्द्रमा राखेर विश्लेषण गर्दछ । कथामा वादी समुदायको जीवनशैली, सामाजिक–सांस्कृतिक मूल्य, पेशागत बाध्यता तथा पुस्तान्तरण हुँदै आएको देहव्यापारको यथार्थलाई प्रभावकारी रूपमा चित्रण गरिएको छ । आर्थिक अभावका कारण वृद्ध महिलाले समेत जीविकोपार्जनका लागि छोरी र नातिनीलाई यही पेशामा प्रवेश गराउनुपर्ने बाध्यता, ग्राहकको प्रतीक्षामा आशा र निराशाबीच बाँच्नुपर्ने अवस्था तथा सामान्य भोजनको कल्पनामै सन्तुष्ट हुनुपर्ने विवशताले उनीहरूको दयनीय आर्थिक यथार्थलाई जीवन्त...