Abstract
यस अध्ययनले नेपालमा आधुनिकीकरण, विश्वव्यापीकरण, शहरीकरण तथा सामाजिक–राजनीतिक परिवर्तनका कारण संस्कृत भाषा, वैदिक दर्शन र हिन्दू सांस्कृतिक परम्पराको वर्तमान अवस्थाको विश्लेषण गरेको छ । अध्ययनले विशेषतः युवापुस्तामा संस्कृत शिक्षा, धार्मिक अभ्यास तथा पूर्वीय ज्ञानप्रतिको घट्दो आकर्षणका कारण र त्यसका प्रभावहरूको समीक्षा गर्दछ । यो अध्ययन वर्णनात्मक तथा गुणात्मक अनुसन्धान विधिमा आधारित भई शिक्षा मन्त्रालयका तथ्याङ्क, सरकारी प्रतिवेदन, प्रकाशित अनुसन्धान तथा सम्बन्धित साहित्यको द्वितीयक स्रोतमार्फत विश्लेषण गरिएको छ । अध्ययनबाट संस्कृत विद्यालय तथा विद्यार्थी सङ््ख्यामा उल्लेखनीय गिरावट, शिक्षानीतिमा प्राथमिकताको कमी, अङ्ग्रेजी माध्यमप्रतिको बढ्दो आकर्षण, रोजगारीसँग संस्कृत शिक्षाको कमजोर सम्बन्ध तथा सामाजिक धारणाले संस्कृत शिक्षालाई प्रभावित गरेको देखिन्छ । साथै, संस्कृत भाषाको भाषिक, दार्शनिक तथा ज्ञानपरम्परागत महŒवका साथै राजनीतिक परिवर्तन, धर्मनिरपेक्षता र शैक्षिक नीतिहरूले नेपालको सांस्कृतिक संरचनामा पारेका प्रभावहरूको पनि चर्चा गरिएको छ । अध्ययनले आधुनिकता...