Abstract
यस अनुसन्धान जडीबुटीको आर्थिक महत्व संग सम्बन्धित रहेर गरिएको छ । नेपालमा सामुदायिक वन जडीबुटीका कारण आम्दानीको लागि महत्वपूर्ण स्रोत रहेका छन । जडीवटीको आर्थिक, पर्यावरणीय, स्वास्थ्य र पर्यटकीय क्षेत्रमा महत्वपूर्ण स्थान रहेको छ । जडीबुटीलाई आम्दानीको रुपमा विकास गर्न वन नियमावली २०६८ विशेष जोड दिएको देखिन्छ । यस अनुसन्धानमा जडीबुटीको आर्थिक पक्ष संग सम्बन्धित रहेका विशेष गरी मुद्रण सामाग्रीका विषयवस्तुको अध्ययन गरिएको छ । विषयवस्तु विश्लेषण ढाँचाको आधारमा निष्कर्ष निकालिएको छ । जडीबुटीको आर्थिक पक्षसँग सम्बन्धी ऐन, नियमावली, विभिन्न योजना, खोज अनुसन्धान नतिजा विश्लेषण गरिएको छ । अनुसन्धानमा पाठयक्रम समाज र आर्थिक पक्ष सँग जोडिएका टेलर, टावा, केर सिद्धान्तहरूलाइ जोडने प्रयास गरिएको छ । पाठयक्रम विकासमा समाजको आर्थिक पक्षको महत्वपूर्ण भूमिका रहन्छ । नेपालमा जडीबुटीको आर्थिक महत्व रहेको देखिन्छ । यसरी पाठयक्रम विकासमा समाजको आर्थिक पक्ष र जडीबुटी अन्तरसम्बन्धित रहेका हुन्छन । पाठयक्रम प्रारुप २०७६ ले स्थानीय स्तरको आर्यआर्जनको लागि जडीबुटीलाई पाठयक्रममा समावेश गर्न...