विपद व्यवस्थापनका लागि पोखराका सार्वजनिक खुला स्थानको अवस्था र पोखरा आन्तरिक विमानस्थल परिसरको भावी उपयोग
Open Access
- 22 October 2024
- journal article
- Published by Nepal Journals Online (JOL) in Pargatishil Darpan
- Vol. 8 (1) , 50-60
Abstract
सहरी क्षेत्रअन्तर्गत भौतिक संरचनाले नढाकेका र नागरिकको सहज पहुँच भएका स्थानलाई सार्वजनिक खुला स्थान भनिन्छ । यस्ता स्थानहरुले सहरवासीलाई शारीरिक, मानसिक मनोरञ्जन प्रदान गर्नुका साथै प्राकृतिक वा मानवीय कारणले सिर्जित विपदलाई न्यूनीकरणका गर्नका लागि सुरक्षित उद्धार र राहत प्रदान गर्ने आश्रय स्थलको रुपमा पनि अतुलनीय अवसर प्रदान गर्दछ । पोखरा महानगरमा प्रत्येक वर्ष तीव्रसहरीकरण हुदैं गएकोले पनि कुनैपनि प्राकृतिक विपद आइपरेमा सहरवासीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न मौजुदा सार्वजनिक खुला स्थानको अवस्थाको लेखाजोखा गर्दै यसको विस्तारका लागि सम्भावित स्थलको पहिचान र त्यसको उपयोगको खाका प्रस्तुत गर्नु यस अध्ययनको अभिप्राय रहेको छ । यस अध्ययनमा प्राथमिक सूचनाको आधारमा गरिएको विश्लेषणमा विपद व्यवस्थापनका लागि उपयुक्त सार्वजनिक खुला स्थलको उपयुक्तताको आधारमा पहिचान गरी न्एक् र ब्चअ न्क्ष्क् द्धारा नक्साङ्कन तयार पारिएको छ । सार्वजनिक खुला भू–भाग सहरको अभिन्न अङ्ग भएकाले पनि पोखरा महानगरपालिकामा विद्यमान आन्तरिक हवाई मैदानलाई सार्वजनिक उपयोगका रुपमा व्यवस्थापन गरिएमा...Keywords
This publication has 5 references indexed in Scilit:
- Contribution and compatibility of public open space in disaster management: Perception and experience from Kathmandu MetropolitanGeographical Journal of Nepal, 2024
- Spatial pattern, pathways of change and users’ perceptions on public open spaces in Pokhara Metropolitan City, NepalEuropean Bulletin of Himalayan Research, 2023
- Open Space: Typology and Distribution in Pokhara Lekhnath Metropolitan CityGeographical Journal of Nepal, 2018
- The urban green space provision using the standards approach: issues and challenges of its implementation in Malaysia2016
- Disaster Management System in Nepal - Policy Issues and SolutionsJournal of Risk Analysis and Crisis Response, 2012